झापा, भदौ २२ । बाँकेको शमशेरगन्जमा आज राति बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना सख्त घाइते भएका छन् ।

ना ८२१६४०५ नम्बरको ट्रकमा पछाडिबाट ना ७ ख २३२१ नम्बरको बस ठोक्किन पुग्दा दुर्घटना भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार उद्धार कार्य चलिरहेको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्