झापा, भदौ २३ । झापाको मेचीनगर नगरपालिका १ तिरिङ दोभानस्थित मेची नदीमा हामफालेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

ईलाम जिल्लाको रोङ गाउँपालिका ६ बस्ने ४० वर्षीया सोमा तामाङ सो नदीमा हामफालेकी हुन्।
जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी तिरिङबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो।उनलाई आफन्तको जिम्मा लगाइएको छ।