एजेन्सी ।मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु भएको छ ।

त्यहाँको आन्तरिक मामिला मन्त्रालयका अनुसार शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको बीबीसीले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको जनाइएको छ । यूएएस जिओलोजिकल सर्भेका अनुसार भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको छ । भूकम्पमा परी माराकेस र त्यसआसपासका बासिन्दाहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । माराकेसको पुरानो सहरका केही भवनहरू भत्किएका छन् ।
भूकम्पका कारण भवन ढल्दै गरेका दृश्यसमेतका भिडियोहरू सामाजिक सञ्जाल एक्समा समेत पोस्ट भएका छन् । भूकम्पपछि पराकम्पहरू आइरहेकाले स्थानीय बासिन्दा घरबाहिरै बसिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्