झापा,भदौ २४ । पराजुली समाज नेपाल झापाको अध्यक्षमा गणेश पराजुली निर्वाचित भएका छन् ।

झापाको कनकाईस्थित कोटीहोमको पराजुली भवनमा शनिबार भएको १७ औं साधारणसभा तथा छैटौ अधिवेशनबाट गणेशको अध्यक्षतामा १५ सदस्यीय झापा जिल्ला कार्यसमिति चयन भएको हो ।
कोटीहोमको पराजुली भवनको उद्घाटनसँगै भएको अधिवेशनबाट निर्वाचित गणेश, कोटीहोममा पराजुली बन्धुहरुकी कुलदेबी विन्दबासिनी मन्दिरका निर्माणकर्तासमेत हुन् ।

समितिको प्रथम उपाध्यक्षमा काशी पराजुली, महिला उपाध्यक्षमा शारदादेबी पराजुली, सचिवमा नारायण पराजुली, सह–सचिवमा प्रतिक्षा पराजुली र कोषाध्यक्षमा हरिहर पराजुली चयन भएका छन् । त्यस्तै सदस्यमा चन्द्रप्रसाद पराजुली, टंकप्रसाद पराजुली, बेनु पराजुली, मित्र पराजुली, प्रेमबहादुर पराजुली, भवानी पराजुली, देबीप्रसाद पराजुली, चन्द्रप्रसाद पराजुली र देबेन्द्र पराजुली चयन भएका छन् ।

पराजुली समाजका झापा अध्यक्ष दुर्गाप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष विश्वम्भरकृष्ण पराजुलीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत उपाध्यक्ष शारदादेवी पराजुलीले गरेको कार्यक्रममा निवर्तमान केन्द्रीय अध्यक्ष कुलप्रसाद पराजुली, निवर्तमान केन्द्रीय उपाध्यक्ष शिवप्रसाद पराजुलीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा कोशी प्रदेश अध्यक्ष गोपालप्रसाद पराजुली, मोरङ अध्यक्ष थीरप्रसाद पराजुली, सुनसरी अध्यक्ष सन्तोष पराजुलीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन कोशी प्रदेश महासचिव बुद्धिप्रसाद पराजुलीले गरेका थिए ।
सोही कार्यक्रमकाबीच अभिनन्दन, तीज मिलनलगायतका कार्यक्रमहरु समेत गरिएको अध्यक्ष गणेश पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्