झापा, भदौ २४ । सेवामुलक बचत समूह अर्जुनधारा ६ ले वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रामीण सेवा समुदाय क्लवमा ज्येष्ठ नागरिकलाई सामूहिक रुपमा दर खुवाउँदै १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा खुलानन्द पोखरेल, पवित्रादेवी पोखरेल, राधादेवी सुवेदी,मनमाया कोइराला,लक्ष्मी माया अधिकारी, फणिन्द्रकुमारी कोइराला, तिलमाया खड्का, नारायणप्रसाद अधिकारी, तिलोत्तमा आचार्य, चन्द्रप्रसाद चापागाई, डम्बरकुमारी पाठक, डिल्लीमाया गौतम र पवित्रा बराइली रहेका छन् ।
यसैगरी एस.ई.ई. परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्दै उच्च शिक्षा अध्ययन गरिरहेकी छात्रा अनुपा याक्सो लिम्बूलाई पुरस्कृत गरिएको छ ।

सेवामूलक बचत समूहका संयोजक मोहन विकको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा वडा नम्वर ६ की वडा महिला प्रतिनिधि रमादेवी निरौला काफ्लेको विशेष आतिथ्य रहेको थियो ।
सेवामूलक बचत समूहका सल्लाहकार तथा पूर्व शिक्षक इन्द्रप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिनेश आचार्यले गरेका थिए । समारोहमा विभिन्न मनोरञ्जनात्मक खेल र संगिनी खेलेर बृद्धबृद्धालाई मनोरञ्जन प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्