झापा,भदौ२४।जैन दीपिका ग्यारेटले एसियन पेन्ट मिस युनिभर्सको उपाधि जितेकी छन् ।उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि दीपिकाले हात पारेकी हुन् ।

गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बीच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै दीपिका विजयी भएकी हुन्।
त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप बुद्धिसारा सुनारा, तेस्रो रनरअप सीतास्मा पोख्रेल र चौथो रनरअप अभिलासा लम्साल भए ।
विजयी प्रतिस्पर्धीलाई २०२२ की मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिराएकी थिइन् ।प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।प्रतियोगितामा टप टेन, टप फाइभ प्रतिस्पर्धीहरू छनोट गर्दै विजेता छनोट गरेको हो । जसमा विभिन्न विधागत हिसाबमा प्रतिस्पर्धीलाई पुरस्कार एवं विषयगत टाइटलमा अवार्ड प्रदान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्