झापा, भदौ २५ । शिक्षासेवी तथा पुराना राजनीतिकर्मी कामेश्वर दत्तको निधन भएको छ ।

आदर्श विद्या मन्दिर मा. वि. कनकाई–९,घैलाडुब्बाका पूर्व प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष दत्तको गएराति १०ः४० बजे ९१ वर्षको उमेरमा निधन भएको हो ।

उनी परिवारसित कनकाई नगरपालिका वडा नम्बर– ३ सुरुङ्गामा बस्दै आएका थिए । शिक्षण पेशाबाट अवकाश प्राप्त भएपछि उनी राजनीतिमा होमिएका थिए । मधेसवादी दलमा आवद्ध रहेका उनले झापामा नेपाल सद्भावना पार्टी विस्तार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्