झापा, भदौ २५ । आज साँझ बोलेरोको ठक्करबाट पारागन एकाडेमी कन्काई ३ सुरुङ्गाका प्रिन्सिपल देवराज सुवेदीको मृत्यु भएको छ ।

साँझ ७.३० बजेको समयमा कनकाई नगरपालिका वडा नं. ८ शितल चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प १४१७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई ४ बस्ने ५४ वर्षिय सुवेदी गम्भीर घाईते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाईएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव तत्काल सोही अस्पतालमा रहेको , दुबै सवारीसाधन र बोलेरो चालक पाँचथर हिलिहाङ गाउँपालिका ७ बस्ने ३७ वर्षिय होमप्रसाद सेन्चुरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्