झापा,भदौ२६। बिर्तामोडको एक होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड- १ कञ्चनजङ्घा टोलस्थित विमला होटल एन्ड लजका सञ्चालक ४० वर्षीया विमला मोक्तान र भद्रपुर नगरपालिका- ७ निवासी २९ वर्षीय रुजन चौधरी रहेका छन्।
लागु औषध ब्राउन सुगरको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्