धरान, भदौ २६ । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ।

धरान–१५ स्थित खिरिया बस्तीमा रहेको बेघाको घरमा अराजक समूहले प्रवेश गरी तोडफोड गरेको हो ।
तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको छ। बेघाको कान्छा भाइ बिष्णु बेघालाई आक्रमण गर्न आएको समूहले उपमेयर बेघाको घर तोडफोड गरेको बताइएको छ।

बेघाको घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत शान्ति सुरक्षा नपाएको बेघाले गुनासो गरेका छन्। उनले घटना हुनेबित्तिकै प्रहरी बोलाउँदासमेत प्रहरी नआउनुले धरानको शान्ति सुरक्षामा प्रश्न उठेको बताए।

सुनसरीका प्रहरी प्रमुख एसपी विपिन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए। उनले बेघाको घरमा भएको तोडफोडमा खबर गरेर प्रहरी तत्काल नगएको विषयमा छानविन गरिने बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्