बिर्तामोड, भदौ २५ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को वीरगञ्जमा हालै सम्पन्न १४ औँ केन्द्रीय अधिवेशनबाट झापाका दुईजना व्यवसायी निर्वाचित भएका छन् ।

झापाबाट संघ झापा शाखाका अध्यक्ष गौतम गुप्ता (थोक) र कोशी प्रदेश कार्यसमिति सदस्य कञ्चन शर्मा खतिवडा (खुला) निर्वाचित भएका हुन् ।

त्यस्तै, मोरङका एकजना व्यवसायी पनि निर्वाचित भएका छन् । मोरङबाट कोशी प्रदेशका उपकोषाध्यक्ष प्रदिप दास (खुद्रा) निर्वाचित भए । गुप्ता र दास निर्विरोध भएका हुन् भने शर्मा चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्