एजेन्सी । भारत राजस्थानको भरतपुरमा आज बिहान साढे ५ बजे भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

गुजरातबाट यूपी जाँदै गरेको यात्रुले भरिएको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । बस सडक छेउमा रोकिएको बेला दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । बस गुजरातको भावनगरबाट उत्तर प्रदेशको मथुरा जाँदै थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्