झापा , भदौ २७ । प्रतिबन्धित लागूऔषध बिक्री वितरण गरिरहेको अबस्थामा झापा बाह्रदशीका एक व्यक्ति पक्राउ परेका छन् ।

गएराति १०.३० बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नं. ४ मा लागूऔषध बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने २६ वर्षिय सलमान आलमको घरमा छापा मारेको थियो ।

त्यसक्रममा ७ ग्राम ब्राउनसुगर फेला परेकोले उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्