झापा,भदौ२७। विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ ।

मंगलबार राति ४० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
विराटनगर महानगरपालिका-१४ स्थित आईसीपी सडकखण्डबाट राति १०ः१० बजे को१७प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो ।

प्रहरीलाई देखनासाथ मोटरसाइकल छाडेर चालक फरार भएको छ। मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको र प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्