कुमरखोद, भदौ २७ । झापा गाउँपालिकामा एक भारतीय मृत फेला परेका छन् ।

झापा गाउँपालिका वडा नं –५ स्थित खयरबारीको धान खेतको आलीको छेउमा भारत बिहार राज्य किसनगंज जिल्ला ताराबारी पञ्चायत दिघलबैंक थाना बेदबारी गाउँ वडा नम्बर ७ बस्ने ६० वर्षिय गोपी मर्डी मृत फेला परेका हुन् । मृतकका छोरा २५ वर्षिय बुधलाल मर्डीले आफ्नो बुबा भएको भनी पहिचान गरेको प्रहरीले जनाएको छ ।

आज बिहान ७ः१० बजेको समयमा खेतको आली छेउमा तत्काल नामथर वतन नखुलेको, हेर्दा सन्थाल जातिको जस्तो देखिने , कालो वर्ण, आकासे कलरमा सेतो धर्सा भएको लुंगी लगाएको मानिस उत्तानो परी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बिहान ११ बजे घटनास्थलमा कानुनी प्रकृया पुरा गरि शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । छोरा बुधलालका अनुसार मृतक गोपी विरामी रहेका थिए । उनी भारतबाट नेपाल आइरहन्थे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्