झापा, भदौ २८ । झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरीको टोलीले शिवसताक्षी नगरपालिका–३ का २६ वर्षीय सुवास तामाङ र ४० वर्षीय भीमप्रसाद तुम्बाहाम्फेलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ मे ५ प ९१३५ नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूलाई चेकजाँच गर्दा १ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्