झापा, भदौ २८ । साना निर्माणकर्मी संघ झापाको अध्यक्षमा पुनः केदार राजवंशी निर्वाचित भएका छन् ।

संघको आज भएको तेस्रो अधिवेशन तथा पाँचौ साधारणसभाले राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा धनकुमार राई , उपाध्यक्ष नितानन्द राजवंशी , सचिव रंजन शाह , सहसचिव मोतीलाल चौधरी तथा कोषाध्यक्षमा दन्तलाल राजवंशी रहेका छन् । त्यस्तै सदस्यहरुमा मोहम्मद सादिक मिया , थुपु राजवंशी , दिया चौधरी , नवलकिशोर शाह , रामलाल राजवंशी ,पोलास राजवंशी ,थिता राजवंशी रहेका छन् । त्यस्तै राजु राजवंशी प्रमुख सल्लाहकार रहेको सल्लाहकार समितिसमेत गठन भएको छ । जसमा कृष्णप्रसाद भट्टराई ,इसुफ मिया , प्रेमप्रसाद राजवंशी , पदमप्रसाद सुवेदी र इन्द्रसिंह राजवंशी रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको क्षमता अभिबृद्धि गरिनुपर्नेमा जोड दिए । उनले घरधनी र ठेकेदारबीच लिखित संझौता नहुँदा पछि समस्या आउने भएकाले वडा कार्यालयमा लिखित संझौता गरेर मात्र ठेक्कापट्टा गर्न सुझाव दिए ।

विशेष अतिथि बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माले निर्माणकर्मीहरुलाई सानो र ठूलो भनेर विभेद गर्न नहुने बताए । अर्का विशेष अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक उमेश खरेलले पेशागत रुपमा स्वतन्त्र रहन चाहने साना निर्माणकर्मी संघका निर्माणकर्मीहरुलाई राजनीतिमा धकेल्न नहुने बताए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड संयोजक शम्भु भण्डारीले पनि शुभकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष केदार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षको सांगठनिक प्रतिवेदन सचिव रंजन शाहले प्रस्तुत गरेका थिए । संघका सल्लाहकार तथा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्