झापा , भदौ २९ । झापाको बाह्रदशी गाउँपालिका–५ का ४५ वर्षीय गंगाराम गजमेरको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीवार दिउँसो १ बजे अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर गजमेर घाइते भएका थिए । गजमेरलाई उनका छोरा गृसन गजमेर र भाई टेकबहादुर गजमेरले दिउँसो २.४० बजे बिर्तासिटी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भईसकेको थियो ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटीगई साँझ ५.३० बजे लासको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्