झापा,भदौ२९।झापाको गिरीबन्धु चिया बगानबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी- १७ निवासी २६ वर्षीय भुवन गिरी र झापा बाह्रदशी गाउँपालिका निवासी ३० वर्षीय सुशील तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई २१० मिलिग्राम ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका- ११ गिरीबन्धु टी स्टेटको चिया बगानबाट बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्