बिर्तामोड , भदौ २९ । बिर्तामोड– ७ मा रहेको कन्चन अंग्रेजी माध्यमिक विद्यालयले ५९ औं राष्ट्रिय बाल दिवस भब्यता साथ मनाएको छ ।

विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउनको लागि बेलून फुटाई ,चक्लेट रेस, चम्चा दौड, आकस्मिक वक्तृव्यकलाजस्ता विविध कार्यक्रम विद्यालयको प्रांगणमा आयोजना गरिएको थियो । विद्यालयमा गठित कन्चन बाल क्लबले आयोजना गरेको कार्यक्रम क्लबका अध्यक्ष यमुना निरौलाको अध्यक्षतामा भएको थियो भने विद्यालयका प्रधानाध्यापक दिपक चम्लागाईले शुभकामना मन्तव्य राखेका थिए । बिर्तामोड वडा नं ७ मा रहेको बाल सन्जालकी अध्यक्ष मुना रिजालले पनि शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रममा बाल अधिकारसंग सम्बन्धित जनचेतनामूलक प्लेकार्ड विद्यार्थीले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्