झापा,भदौ३०।मोरङको ग्रामथानमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नुहाउने क्रममा उनीहरु पोखरीमा डुबेका थिए ।ग्रामथान गाउँपालिका वडा नं २ स्थित रम्भा देवको माछा पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको डीएसपी रन्जनकुमार दाहालले बताए । स्थानीय खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी १० वर्षीया छोरी रेजिना खवासको डुबेर मृत्यु भएको बताइएको छ ।पानीमा डुबेर गम्भीर स्वास्थ्य अवस्था भएका बालिकाहरुलाई बिहान साढे ११ बजे स्थानीयले फेला पारेर उपचार गराउँन विराटनगरको कोसी अस्पताल लगेका थिए । उनीहरूको अस्पताल ल्याउनासाथ मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्