झापा, भदौ ३१ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापा बुद्धशान्तिका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं. ७ सुनमाई बस्ने २८ वर्षिय आशिष राई रहेका छन् । हिजो साँझ ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले राईको घर कोठामा शंका लागेर चेकजाँच गर्दा सिरानीमुनि लुकाई राखेको २ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हिजै साँझ ६ बजे अर्जुनधारा नगरपालिका वडा नं. ११ बसपार्कको ताप्लेजुङ फक्तालुङ होटलबाट ११८ ग्राम ७१०मिलिग्राम ब्राउनसुगरसहित भारत पोराभिट्टा,जिरनगाछ किसनगञ्ज जिल्ला बिहार बस्ने २१ वर्षिय लाल मिया पक्राउ परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्