बिर्तामोड , भदौ ३१ । आज बिहान घरको छतबाट झरेर बिर्तामोडमा एकजनाको मृत्यु भएको छ ।

केही महिनाअघि भारतीय सैनिकबाट सेवानिवृत्त भएर घर फर्केका बिर्तामोड– ५ सुव्वाचोक बस्ने ४८वर्षिय कबिरमान थिङ तामाङको आफ्नै तीनतले घरको छतबाट झरेर मृत्यु भएको हो । बिहान ५ बजेको समयमा छतबाट झरेर घाईते भएका तामाङलाई उनका श्रीमती र छोराले उपचारका लागि बीएण्डसी अस्पताल पुर्याएकोमा उपचारका क्रममा बिहान ५.४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरिएको शवलाई मृतकका छोरा विवेक तामाङले बुझिलगेको डीएसपी रिजालले जानकारी दिए ।

मृतकका पिता भीमबहादुर थिङ तामाङको पनि सोही घरको छतबाट झरेर मृत्यु भएको थियो । करिव १० वर्षअघि सो घर एकतले हुँदा तामाङका पिता भीमबहादुरको पनि घरको छतबाट झरेर मृत्यु भएको नेपाल तामाङ घेदुङ बिर्तामोडका अध्यक्ष विजय तामाङले बताए । अध्यक्ष तामाङका अनुसार कविरमान पश्चिमपट्टि झरेका थिए भने उनका पिता पूर्वपट्टि झरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्