झापा,भदौ३१। जनता समाजवादी पार्टी (जसपा) मोरङ अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गर्ने विराटनगर महानगरपालिकाका नगर प्रहरीलाई कारबाही गर्ने सहमति भएको छ।घटनाको विरोधमा जसपाले महानगर कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै आएको थियो । आन्दोलनकारी र महानगर प्रतिनिधिबीच आइतबार भएको छलफलमा घटनामा संलगन नगर प्रहरीलाई असोज २ गतेभित्र कारबाही गर्ने सहमति भएको बताइएको छ ।महानगरका मेयर नागेश कोइरालाले प्रहरीमाथि कारबाही गरिएको विज्ञप्ति प्रकाशन गर्ने सहमति भएको जसपा जिल्ला अध्यक्ष यादवले बताए । बुधबार सिटी रिक्सामा लक लगाएको विषयमा विवाद भएको थियो । यादवले दोस्रो पटकदेखि नै पार्किङमा रिक्सा नराखने सर्त गराएर रिक्सा चालकलाई छाड्न आग्रह गरेका थिए । तर पछि नगर प्रहरी टोलीले उनलाई कठालो समातेर वडा प्रहरी कार्यालय लगेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्