झापा , भदौ ३१ । नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी बेपत्ता भएका छन् ।


हिजो विहान ९ बजेदेखि कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वाटरबाट सुवेदी बेपत्ता भएका हुन् । बेपत्ता सुवेदीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले प्रहरीलाई हुलियासहितको निवदेन दिएको उनले जानकारी दिए ।

अधिकृत छैठौ तहका कर्मचारी ३१ बर्षिय सुवेदीकी श्रीमती ब्रजुनाले आफ्ना श्रीमानसंग अन्तिम पटक हिजो बिहान ८ बजेर ४९ मिनेटमा कुराकानी भएको र कुराकानीमा सामान्य कुरा मात्रै भएको बताइन् । फेरि १२ बजे कुरा गर्दा मोवाईल अफ पाएको उनले बताइन् । बिराटनगर नगरपालिका ४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वाटरमा बस्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्