इलाम , भदौ ३१ । हत्या आरोपमा इलाम नगरपालिका वडा नं. ९ बस्ने २९ वर्षिय पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम नगरपालिका वडा नं. ९ का ५२ वर्षिय रविन भन्ने रेशमराज राईको हत्याको आरोपमा तामाङ पक्राउ परेका हुन् । हिजो इलाम नगरपालिका वडा नं. ९स्थित गायोडाँडा लामेदुहाली कुलोमा राईको शव शंकास्पद अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा अनुसन्धान टोली घटनास्थलमा खटिगई मृतक लाश एवं घट्नाको प्रकृति हेर्दा राईको टाउकोमा गम्भीर चोट लागेर रगत बगेको तथा कसैले कर्तव्य गरी मारेको हुन सक्ने देखिएको थियो ।

अनुसन्धानको क्रममा उक्त घटना तामाङले घटाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनलाई कार्वाही गरी पाऊँ भनी मृतकका छोरा दिपक भन्ने मनजय राईले किटानी जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक जवेगुले बताए । उनलाई पक्राउ गरी इलाम जिल्ला अदालत इलामबाट आज ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जवेगुले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्