बिर्तामोड, असोज १ । विश्वकर्मा पुजामा जय माता ट्रेडर्स बिर्तामोडले प्लम्बरहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा जयमाता ट्रेडर्सले आफ्नो पसलको लोगोअंकित टिसर्ट वितरण गरेको थियो । करिब ३० जना प्राविधिकहरुको उपस्थिति रहेको कार्यक्रममा भाग्य चिठ्ठा कार्यक्रमअन्तर्गत हात खाली नजाने पुरस्कारहरु पनि वितरण गरिएको थियो । प्राविधिकहरुलाई आवश्यक पर्ने टेक्निकल औजारहरु पुरस्कारको रुपमा राखिएको थियो ।

साथै सोही कार्यक्रममा प्लम्बर लेखनाथ अधिकारीले २० बर्षअघि आफूले पहिलो पटक काम सिकेको भन्दै ज्येष्ठ प्लम्बर राम बस्नेतलाई सम्मान गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रोपाईटर रमेश नेपालले गरेका थिए भने कार्यक्रम सञ्चालन अर्का प्रोपाईटर राज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्