झापा,असोज १ । इलामको रोङ गाउँपालिका ३ कुटिडाँडा छेउमा आज साँझ कार दुर्घटना हुँदा गंभीर घाइते भएका ६ जनाकै पहिचान खुलेको छ ।

सडकबाट तल झरेर क्षतिग्रस्त भएको कार

सबै घाइतेहरुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए । उनका अनुसार शिवसताक्षी ११ दुधे बस्ने ३५ वर्षिय मनोज राईको करङ ,शरीरको बिभिन्न भागमा चोट लागेको (अवस्था गम्भीर), बिराटनगर ७ बस्ने कार चालक ५२ वर्षिय सचिन पोखरेलको अनुहार ,खुट्टामा चोट लागेको (अवस्था गम्भीर), सोही ठाउँ बस्ने ५७ वर्षिय राजकुमार पौडेलको टाउको , छाती र खुट्टामा चोट लागेको (अवस्था गम्भीर), सोही ठाउँ बस्ने २४ वर्षिय अर्जुन महराको हात खुट्टा, टाउकोमा चोट लागेको (अवस्था गम्भीर) , झापा शिवसताक्षी नगरपालिका ११ बस्ने ३७ वर्षिय युवराज मुखिया शरीरको बिभिन्न भागमा चोट लागेको (अवस्था गम्भीर) र सोही ठाउँ बस्ने ३० वर्षिय अनिष दाहाल शरीरको बिभिन्न भागमा चोट लागेको (अवस्था गम्भीर) रहेको छ ।

झापातर्फ फर्कदै गरेको बी.ए. ए. १६९२ नं को कार हिलउड रिसोर्ट छेउको गोलाईमा अनियन्त्रित भई करिव ३ सय मिटर तल झरेको हर्कटे प्रहरी चौकीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोडतर्फ पठाइएको डीएसपी जवेगुले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्