झापा,असोज३। बलिउड अभिनेता शाहरुख खानको पछिल्लो फिल्म जवानले इतिहास रचिरहेको छ । पहिलो दिनबाट नै फिल्म हलमा दर्शकको अत्यधिक भीड थियो । हालसम्म पनि फिल्ममा उत्तिकै भीड देख्न सकिन्छ । शाहरुखले चार वर्षको लामो ब्रेकपछि ‘पठान’बाट कमब्याक गरे । शाहरुखको पहिले ‘पठान’ र अहिले ‘जवान’ दुवै फिल्मले बक्स अफिसमा कमाइ गरेका छन् ।‘पठान’ बक्स अफिसमा हिन्दी फिल्मको अल टाइम ब्लकबस्टर बनेको छ भने हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा कमाईका सबै रेकर्ड तोड्दै आएको छ । भारतीय बक्स अफिसमा हालसम्म कुल ४४३ करोड कमाएको ‘जवान’ वर्ल्डवाइडले पनि ७५० करोडभन्दा बढीको व्यापार गरेको छ ।शाहरुख खान, नयनतारा र विजय सेतुपति अभिनित एट्ली निर्देशित ‘जवान’ बक्स अफिसमा ब्लकबस्टरको रुपमा उभिएको छ । ‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख एक वर्षमा १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्