भद्रपुर, असोज ३ । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।


सहकारीका अध्यक्ष महेशकुमार भट्टराईको अध्यक्षता तथा सहकारी संघ झापाका सञ्चालक सदस्य उपेन्द्रप्रसाद ओलीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभामा उत्कृष्ट सञ्चालक सदस्य सम्मानबाट मुरारी न्यौपाने, उत्कृष्ट बचतकर्ता सम्मानबाट युवराज कार्की पर्वत र लक्ष्मीप्रसाद कोइराला , उत्कृष्ट ऋण कारोवार सम्मानबाट त्रिलोक भण्डारी र झरेन्द्र उप्रेतीलाई सम्मानित गरिएको थियो भने जेष्ठ सदस्य सम्मान सोमप्रसाद पोखरेललाई प्रदान गरिएको थियो ।

अध्यक्ष भट्टराईले २६४ शेयर सदस्य र ८९ लाख ३० हजार ६ सय शेयर पूँजीसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सचिव दलबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद पौडेलले ३ करोड ४६ लाख ६१ हजार ९९२ रूपैयाँको कारोवारसहित १४ लाख २८ हजार ५२५ रूपैया नाफा कमाएको आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्