झापा , असोज ३ । महोत्तरी प्रहरीले दुई क्वीन्टल १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।


बुधवार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिर नजिकबाट दुई क्वीन्टल १० किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार बा.प्र.०१–०२६ च ४९२१ नम्बरको पिकअप गाडीमा शंका लागेर चेकजाँच गर्दा लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा बरामद भएको हो । लागूऔषध बरामद भएपछि धादिङ जिल्ला थाक्रे गाउँपालिका– ७ बस्ने वर्ष २३ का जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका– ७ बस्ने वर्ष २५ का सुरेन्द्र दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पिकअपभित्र गाडीको बीचमा १४ वटा पोकामा राखिएको गाँजा चारैतिरबाट मिनिरल वाटरको पोकाले छोपिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्