झापा , असोज ४ । विश्वभरिका सिटौला बन्धुहरुलाई एकत्रित गर्नका लागि सहयोग गर्न सिटौला बन्धुहरुको कुल गीत विमोचन भएको छ ।

सिटौला सेवा समाज झापाको आयोजनामा शिवसताक्षीको दोमुखामा रहेको सिटौला बन्धुहरुको धरोहर कुल मन्दिर कुलेश्वर महादेव मन्दिर परिसरमा कुल गीत विमोचन गरिएको हो । झापाली कलाकारहरु खगेन्द्र सिटौला , डिल्लीप्रसाद सिटौला , कन्चना ढकाल सिटौला र सीता पाठकले सो कुल गीत निर्माण गरेका हुन् ।

समाजका केन्द्रीय उपाध्यक्ष तथा झापा अध्यक्ष प्रेमप्रकाश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य चक्रविक्रम सिटौलाले सो कुल गीत विमोचन गरे । विमोचन कार्यक्रममा क्षेत्रीय सल्लाहकार संयोजक तारा सिटौला, क्षेत्रीय सल्लाहकार होमप्रकाश सिटौला , उपाध्यक्ष कंचना ढकाल सिटौला , सदस्य देवी सिटौला, सल्लाहकार तुलसी सिटौलालगायतको उपस्थिति रहेको थियो ।

सो कुल गीतको छायांकनसमेत गरिएको छ । महादेव र पार्वतीको भूमिका निर्वाह गर्ने माधव भेट्वाल र सुचिता भट्टराईलाई सम्मान गरिएको थियो ।सो भिडियोको कोरियोग्राफी युगन पाठकले गरेका छन् भने क्यामेरामा जीवन पनेरु र विपिन भण्डारीले साथ दिएका छन् । विमोचन कार्यक्रमका लागि बेलायतमा रहेका पुस्ता नं १२ का विकास सिटौलाले सहयोग गरेका थिए भने अल्पायुमा दिवंगत भएकी डिल्ली सिटौला र गोमा सिटौलाको छोरीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्