झापा, असोज ५ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बनियानी झापाको गाडीको ठक्करबाट दुईजना गंभीर घाइते भएका छन् ।

झापाको कन्काई नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान १०.२५ बजे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको बा २ झ २५७१ नं को बोलेरो पिकअपले ठक्कर दिँदा पैदलयात्रीहरु कन्काई ३ बस्ने ६२ वर्षिया भूमिका तिम्सिना र भद्रपुर ५ बस्ने ४५ वर्षिय विनोद मण्डल घाइते भएका हुन् । दाहिने खुट्टा र दाहिने हातमा चोट लागेकी तिम्सिनाको अबस्था गंभीर रहेको छ भने बायाँ खुट्टामा चोट लागेका मण्डलको अबस्था सामान्य रहेको छ । उनीहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको बा २ झ २५७१ नं को गाडी इकाई प्रमुख उपसचिव रविन्द्र सुवेदी आफैले चलाएका थिए । बेलबारी ३ बस्ने ५१ वर्षिय सुवेदीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्