झापा,असोज५।नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा शुक्रबार काठमाडौंमा सुरु भएको छ ।बालुवाटारस्थिति एक पार्टी प्यालेसमा शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।सचिवमा भने पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् । उनी बागमती प्रदेशका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्