झापा, असोज ७ । विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा गएका बाह्रदशीका शिक्षकहरुले आन्दोलनबाट भएको शैक्षिक क्षतिको परिपूर्तिको लागि दशै विदामा विद्यालय लगाउने भएका छन् ।

उनीहरुले असोज ४ र ५ गते नेपाल शिक्षक महासंघको आयोजनामा भएको काठमाडौं केन्द्रित आन्दोलनबाट भएको शैक्षिक क्षतिको परिपूर्तिको लागि असोज २९ र ३० गते दशैं विदामा विद्यालय संचालन गर्ने भएका हुन् । आन्दोलनले सामुदायिक विद्यालयहरुमा बालबालिकामा पर्न गएको शैक्षिक क्षतिलाई पुरा गर्न दशै विदामा नियमित पठनपाठन गरिने प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।बाह्रदशीका १६ वटा विद्यालयका प्रधानाध्यापकहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरोकारवालाहरुसंग त्यस्तो प्रतिवद्धता जारी गरेका छन् ।

विज्ञप्ति जारी गर्ने प्रधानाध्यापकहरुमा लेखनाथ कटुवाल – गौरीशंकर मा. वि., कुमार दाहाल–पशुपति मा.वि., रामबहादुर बुढाथोकी –अमृत मा.वि., वेदकुमार खरेल–पञ्चमणी मा.वि., श्यामनारायण गोस्वामी–जनविकास मा.वि., लालबहादुर राजवंशी –घोडामारा आ.वि,. महेशकुमार विष्ट –भगवती आ.वि., महेशप्रसाद राजवंशी– जनज्योति आ.वि., दिलबहादुर गुरुङ–कटरडाँगी आ.वि., यज्ञप्रसाद थापा–रामनगर आ.वि., पुण्यप्रसाद पौडेल–सुन्दरपुर आ.वि., भगिरथ राजवंशी –जनता आ.वि., प्रेमप्रसाद भण्डारी – पशुपति आ. वि., गोपाल राया –साधुपर्ति आ.वि., रमेशप्रसाद साह–राधानगर आ.वि.र शिक्षक लावनकुमार खनाल–फूलबारी मा.वि.रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्