झापा,असोज ७ । झापामा आत्महत्या दुरुत्साहनसम्बन्धी अपराध बढ्दै गएको छ ।

विगत तीन वर्षको अवधिमा झापामा आत्महत्या दुरुत्साहनबाट २० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा १२ महिला , ६ पुरुष र दुई बालिका रहेका छन् ।जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार २०७७–०७८ मा ९ जना, २०७८–०७९ मा ६ जना, २०७९–०८० मा ४ जना र चालु आर्थिक वर्षमा एकजनाको मृत्यु भएको हो ।

आत्महत्या दुरुत्साहनसम्बन्धी २० वटा मुद्धा दर्ता भएका छन् । २०७७–०७८ मा ९ वटा , २०७८–०७९ मा ६ वटा ,२०७९–०८० मा ४ वटा र चालु आर्थिक वर्षमा एउटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार २० वटा मुद्धा दर्ता भएकोमा १४ वटा फछ्र्यौट भएको छ भने ६ वटा बाँकी रहेको छ ।

आत्महत्या दुरुत्साहन अपराधमा १३ पुरुष र ६ महिला पक्राउ परेका छन् । चार पुरुष र एक महिला फरार रहेको डीएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्