झापा,असोज ८ । बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी बेपत्ता भएको ५ दिनपछि मृत फेला परेका छन् ।

उनलाई भद्रपुर–४ स्थित चिया बगानमा झुन्डिएको अवस्थामा फेला पारेको झापा प्रहरीले जनाएको छ ।

बिर्तामोड–४ का अधिकारी भद्रपुर रोडमा तरकारी व्यवसाय गर्दै आएका थिए । प्रहरीका अनुसार भदौ ३१ गते बेपत्ता भएका उनलाई असोज ५ गते प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

बेवारिसे भनेर ६० वर्षीय अधिकारीको शव प्रहरीले प्रादेशिक अस्पतालमा राखेको थियो । आइतबार मात्र मृतक अधिकारीको परिवारले शव पहिचान गरेको डीएसपी रिजालले जानकारी दिए । परिवारले शव बुझेर आज कन्काई माईमा दाहसंस्कार गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्