झापा, असोज ८ । झापाका दुईजना मधेसवादी नेता राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण गणेश र पूर्व बैकल्पिक केन्द्रीय सदस्य देवेन्द्रकिशोर ढुंगाना राप्रपामा प्रवेश गरेका हुन् । लामो समय मधेसवादी पार्टीमा रहेर राजनीति गरेका गणेश तत्कालीन सद्भावना पार्टीका जिल्ला अध्यक्ष, त्यसपछि लोसपाको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भएका थिए । तत्कालीन जिल्ला विकास समितिका सदस्य रहेका गणेश शान्ति समितिका संयोजक पनि भएका थिए ।

त्यस्तै पुराना पत्रकार ढुंगाना जसपाका जिल्ला उपाध्यक्ष रहेका थिए । त्यसपछि उनी लोसपाका वैकल्पिक केन्द्रीय सदस्य भएका थिए । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा उनीहरुलाई विधिवत रुपमा पार्टी प्रवेश गराइएको राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताए । उनले पार्टीमा सल्लाह गरेर दुवै नवप्रवेशीहरुलाई जिम्मेवारी दिइने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्