दमक, असोज ८ । दमक नगरपालिका– ६ स्थित अम्बिका माछा फ्राईबाट ठुलो परिमाणको अखाद्य माछा बरामद गरेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/09/381264559_1337028750558841_7781424055286211246_n.jpg)
दमक नगरपालिकाको बजार अनुगमन टोलीले सोमबार अम्बिका माछा फ्राईबाट करिब ६ क्विन्टल भण्डारण तथा कुहिएका माछाहरू बरामद गरेको हो । सो टोलीले माछा फ्राईको अनुगमन गर्दा बिक्रीका लागि ल्याएको माछा भारतबाट आयात गरी राखिएको अवस्थामा फेला पारेको थियो । सो माछा अवैध रुपमा भित्र्याएको पाइएपछि अनुगमन टोलीले नगर प्रहरी लगाएर माछा जफत गरेको थियो ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/09/380354662_1337028717225511_2160340764266430389_n.jpg)