झापा, असोज ८ । झापामा डेंगी संक्रमितको संख्या ३ हजार नाघेको छ ।

असोज ७ गतेसम्मको तथ्यांक अनुसार झापामा डेंगी संक्रमितको संख्या ३ हजार २ पुगेको हो ।

९ हजार ६३८ जनाको रगत परीक्षण गर्दा त्यति जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जुन करिव ३१ प्रतिशत हो । त्यस्तै १५१ जना डेंगी संक्रमित जिल्लाका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

अन्यत्र कम हुँदै गएपनि झापामा डेंगी संक्रमण तीब्र रुपमा बढ्दै गएको छ । यस वर्ष डेंगी संक्रमणबाट झापामा ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्