झापा, असोज ९ । ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई सदरमुकाम फुङलिङ बस्दै आएका एक बालकको घरको छतबाट झरेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ७ वर्षीय अंकित लिम्बूको ज्यान गएको हो । ‘घरको तेस्रो तलामा तीन जना फुटबल खेलिरहेका रहेछन्, गोल भुइँमा झरेपछि दुईजना बल लिन तल झरे,’ प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भने, ‘उनीचाहिँ छतको रेलिङबाट तल हेर्ने क्रममा झरेछन् र टाउको ठोक्किएर गम्भीर चोट लागेछ ।’

जिल्ला अस्पतालमा उपचारका लागि लगिए पनि मृत भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ । सदरमुकामकै विद्यालयमा पढ्दै आएका उनी आफ्नै फुपुको घरमा बस्दै आएको र त्यही घरको छतबाट झरेको प्रहरी विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्