झापा, असोज १० । हेल्मेटभित्र ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा भद्रपुरस्थित मेची पुलमा दुई युवा पक्राउ परेका छन् ।

आज साँझ ५.१० बजेको समयमा भद्रपुर नगरपालिका ५ स्थित मेची पुलमा प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६प.८६८८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक मेचीनगर नगरपालिका १५ बस्ने ३६ वर्षिय बिजयकुमार राजवंशीले लगाएको हेल्मेटभित्र कालो प्लाष्टिकमा पोका पारी लुकाई ल्याएको २ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

चालक बिजयकुमार राजवंशी र मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने २६ वर्षिय सुमन राजवंशी समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भईरहेको डीएसपी खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्