झापा,असोज १० । झापाका चार पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिने निर्णय गरेका छन् ।

मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै बिहीबार स्थानीय बिदा दिने जानकारी गराएका हुन् ।

नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भएबमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने जनाइएको छ । हजरत मोहम्मद पैगम्बर इस्लाम धर्मका प्रवर्तक हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्