झापा, असोज ११ । वैदेशिक रोजगारीका लागि कुवेत गएका कचनकवल गाउँपालिका– ६ बनियानीका खगेन्द्र राजवंशीको मृत्यु भएको छ ।

गत बुधबार ड्युटीमा खटिएकै बेला राजवंशीको मृत्यु भएको हो । रोजगारीका लागि उनी पाँच महिना अगाडि डेस्टिनी ह्युमन रिसोर्स मेनपावर कम्पनीमार्फत इलेक्ट्रिसियनका रुपमा कुवेत गएका थिए ।अल जजिरा कम्पनीमा कार्यरत रहेका खगेन्द्रको ड्युटीमा खटिएकै बेला मृत्यु भएको आफन्त योगेन्द्र राजवंशीले बताएका छन् ।

ड्युटीमा रहेको बेला पेट दुखेपछि अस्पताल लगिएको र एकछिनमै उनको मृत्यु भएको आफन्त राजवंशीको भनाइ छ । खगेन्द्रलाई जन्डिस रहेको बताइएको छ । उनको शव कुवेतबाट आफन्त योगेन्द्र राजवंशीले बुझेर घरमा ल्याई पुर्याएका छन् । खगेन्द्रका श्रीमती र दुई छोरा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्