बिर्तामोड , असोज ११ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी श्रीप्रसाद तिम्सिनाले नगर अस्पताललाई फलामको बेन्च सहयोग गरेका छन् ।

तिम्सिनाले आफ्नो ८५ औं जन्मदिनको अवसरमा ४ वटा बेन्च प्रदान गरेका हुन् । । उनले ४० हजार रुपैयाँको लागतमा निर्माण गरिएको बेन्च बुधबार नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई हस्तान्तरण गरे ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै तिम्सिनाले नगर अस्पतालमा कार्यरत कर्मचारीले दिएको सेवाबाट सन्तुष्ट भएर बेन्च सहयोग गरेको बताए । सामग्री ग्रहण गर्दै नगर उपप्रमुख संग्रौलाले जेष्ठ नागरिक, स्थानीय समाजसेवी तिम्सिना र उनकी धर्मपत्नी टिकादेवी तिम्सिनालाई धन्यवाद दिंदै सु– स्वास्थ्य दिर्घायुको कामना गरे ।

फलामको बेन्च सहयोगले दैनिक सयौंको संख्यामा आउने बिरामीहरुलाई बस्नको लागि सहज भएको छ । बेन्च हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोड नगर अस्पतालमा दैनिक वालरोज्ञ विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी, स्वास्थ्य बिमालगायतका सेवा उपलव्ध रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्