झापा,असोज ११ । झापाको बुद्धशान्ति गाउँपालिकामा श्रीमान् र श्रीमती संगै झुन्डिएकोमा श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को चिन्ताजनक अबस्थामा उपचार भइरहेको छ ।
मंगलवार राति करिव १० बजेतिर बुद्धशान्ति वडा नं ४ बस्ने २३ वर्षिय आशिष लोहार र उनकी २२ वर्षिया श्रीमती प्रिया लोहार घरको कैचीमा संगै झुन्डिएका थिए । घरका सदस्यहरुले थाहा पाएर दुवैको पासो काट्दा प्रियाको मृत्यु भइसकेको थियो । आशिषलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटलमा भर्ना गरिएको छ । उनको त्यही उपचार भइरहेको बुद्धशान्ति– ४ का वडाध्यक्ष शेरबहादुर रायले बताए ।
उनीहरुका ५ वर्षका छोरी छन् । परिवारसंग छुट्टिएर लोहार दम्पत्ति एकतले मूल घरको बरण्डा कोठामा बस्दै आएका थिए । त्यही कोठामा उनीहरु संगै झुन्डिएका थिए । उनीहरु झुन्डिनु पर्ने कारणसहित घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।