झापा, असोज ११ । १६ वर्षअघि घरबाट बेपत्ता भएका झापाका एक व्यक्ति भारतको पश्चिम बङ्गालमा मृत फेला परेका छन् ।

साबिक चन्द्रगढी– ६ हाल भद्रपुर नगरपालिका– १० निवासी स्व. मानबहादुर राउत छोरा ५४ वर्षीय गङ्गाबहादुर राउत जलपाईगुरी जिल्ला सिलिगुडीस्थित गान्धी नगरमा बिहीबार बेवारिसे अवस्थामा मृत फेला परेका हुन् ।

मृतक राउतसँग फेला परेको नागरिकताको आधारमा उनको पहिचान खुलेको थियो । त्यसपछि पश्चिम बङ्गाल प्रहरीले उनको परिवारजनसँग सम्पर्क गरेको थियो । उनका छोरा विवेकले सिलिगुडी पुगेर बिहीवार नै बुबाको दाहसंस्कार गरी फर्किएको छिमेकी हिरा पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्