दमक, असोज १२ । झापाको दमकमा आज बिहान छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

आज बिहान ४ बजे दमक– १ कुमाल चौकमा दमक ७ हाटखोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाईट परेको हो ।

घटनामा परी चुलाचुली गाउँपालिका ३ बस्ने ३८ वर्षिय गोविन्द लिम्बूको मृत्यु भएको हो । दमक १ कुमाल चौकमा दमक ७ बस्ने २५ वर्षिय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए । लिम्बूलाई एक्कासि छुराले घाँटी ,पाखुरामा प्रहार गरी सख्त घाईते बनाएकोमा घाईतेलाई तत्काल उपचारको लागि लाईफलाईन अस्पताल दमक लगेकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

लिम्बूको शव सोही अस्पतालमा रहेको र छुरा प्रहार गर्ने राई छुरा लिई फरार भएकाले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्