झापा, असोज १२ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित फेरि एकजना भारतीय महिला पक्राउ परेकी छन् ।

आज दिउँसो ३.३० बजेको समयमा भद्रपुर नगरपालिका वडा नं.५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदलयात्री भारत पश्चिम बंगाल राज्य जिल्ला उत्तर दिनाजपुर दलखोला शिखरपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका वडा नं.६ महानन्द चोकमा डेरा गरी बस्ने २८ वर्षिया सन्जरी खातुन ब्राउनसुगरसहित पक्राउ परेकी हुन् ।

प्रहरी बिट मेची पुल र सशस्त्र प्रहरी बल बीओपी भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रोकी चेकजाँच गर्दा उनको साथबाट ६ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भईरहेको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्