झापा,असोज१३। झापाको दमक नगरपालिकाले पाठेघरको मुखको क्यान्सर तथा स्तन परीक्षण पूणर्रुपमा निःशुल्क गर्ने कार्यलाई पुनः सुचारु गर्ने भएको छ । विराट टिचिङ अस्पताल, विराटनगरबाट आउनु भएकी विशेषज्ञ डा.अस्मिता रायमाझीसहितको स्वास्थ्यकर्मीहरूसँग यस विषयमा छलफल भएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताएकी हुन् । पाठेघरको मुख र स्तन क्यान्सर समस्या यहाँका महिलाहरूमा बढी मात्रामा देखिने गरेकाले सरकारी दमक अस्पतालसँगको समन्वयमा यसको जाँच सेवा सुचारु गर्न लागिएको जानकारी दिएकि हुन् । जाँचको सुविधा हप्तामा एक दिन र विशेषज्ञ सेवा महिनामा एक दिन गर्ने गरी निणर्य गरेको भट्टराईले बताइन् ।जाँचको क्रममा क्यान्सर देखिएमा त्यस्ता बिरामीलाई सहज तवरले सर्वसुलभ ढङ्गबाट उपचार गराउन आवश्यक सहजीकरण दमक नगरपालिका स्वास्थ्य शाखाले गर्ने पनि जानकारी गराइएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार प्रत्येक वार्डमा स्वास्थ्य शिविरको आयोजना गरेर स्तन र पाठेघरको क्यान्सको खोज पडताल गर्ने कार्य पनि भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्